३५ काेराेना संक्रमित उपचाररत, वीरगञ्जमा उपचार गराइरहेका चार जना घर फर्किए

बिएल संवाददाता

काठमाडाै‌ं

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका छन।

डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु चौथो र पाँचौ  रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५‍‍औं दिनमा डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोना निको हुने बिरामीको संख्या १६ पुगेको छ ।

हालसम्म नेपालमा ५१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्यमध्ये ३५ जना उपचाररत छन् भने १६ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति: : 2020-04-26 16:35:23

प्रतिकृया दिनुहोस्