यूईएफएले ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

युरोपेली फुटबल महासंघ (यूईएफए) ले कोरोना भाइरसले प्रभावित आफ्ना सदस्य राष्ट्रहरुलाई आर्थिक सहयोग गर्ने भएको छ।

यूईएफएले सोमबार आफुसँग आबद्द ५५ सदस्य राष्ट्रलाई २३६.५ मिलियन युरो निकासा गरेको जनाएको छ। यूईएफएको घोषणासँगै ५५ राष्ट्रले ४.३ मिलियन युरो पाउने छन्।

कोरोनाको भाइरसकाे महामारीपछि युरोपियन लिग ठप्प रहेको छ। अधिकांस राष्ट्र लिग सकिएको छ।

यसले फुटबलमा आर्थिक चुनौती थपिएकाे छ।

यस अघि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि कोरोनाबाट प्रभावित आफ्ना सदस्य राष्ट्रका लागि आर्थिक सहयोगको घोषणा गरिसकेको छ।

फिफाले हरेक सदस्य राष्ट्रलाई ५ लाख अमेरिकी डलर दिने बताएको छ।

प्रकाशित मिति: : 2020-04-28 06:46:42

प्रतिकृया दिनुहोस्