‘प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न, बामदेव कार्ड रणनीतिक हो’

अनलाइनखबर

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टी नेपाल कम्‍युनिस्ट पार्टी (नेकपा)को विभिन्न कमिटी र संसदीय दलमा समेत अल्पमतमा छन् ।

पूर्वएमालेका वरिष्ठ नेताहरू कार्यकारी भूमिकामा रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित मिलेर सरकार ढाल्न कस्सिएका बेला ओलीले बुधबार साँझ ‘वामदेव कार्ड’ फ्याँके ।

के साँच्चै ओली कोरोना महामारी सकिएपछि पद त्याग्न तयार भएका हुन् त ? यसमा ओली निकटस्थहरूको बुझाइ भने फरक छ ।

लामो समयदेखि ओलीको विश्वासपात्रका रुपमा रहेका कर्णबहादुर थापा ओलीको यो कदमलाई ‘रणनीतिक’ मान्छन् । प्रधानमन्त्रीले कुनै हालतमा राजीनामा नगर्ने उनको दाबी छ ।

नेपाल कम्युनिस्ट पार्टीको सुदूरपश्चिम प्रदेशका अध्यक्ष समेत रहेका थापा अहिले काठमाडौंमै बसेर मिडियाहरूमा सरकार र प्रधानमन्त्री ओलीको बचाउ गर्न व्यस्त छन् ।

हाल राजनीतिशास्त्रमा पीएचडी गरिरहेका थापासँग अनलाइनखबरका चिरञ्जीवी पौडेलले गरेको वार्तालाप :

प्रकाशित मिति: : 2020-04-30 18:25:20

प्रतिकृया दिनुहोस्