फूल त्यो फूल होईन
जस्मा सुगन्ध छैन भने
जीवन त्यो जीवन होइन
जस्मा उमंग को तरङ्ग छैन भने ।
कविता कलमले होइन
मुटुले लेख्नु भन्छन्
गाना मुखले होईन
हृदय ले गाउनु भन्छन्।
गाना बजानामा मस्त रहनुपर्छ
ध्यानको सागरमा दुबी स्वस्थ्य रहनपर्छ।
मात्र भूमिका खेलौं यहाँ
आ-आफ्ना रोल
सम्भोगको घनघोरबाट संयम रही
दायित्व निभाउँदै
कर्तब्य कर्म गरौं।
जुन बुलान्दी तिमी हामी
महसुस गर्छौ
सम्भोगको चरम सीमामा
त्यो क्षणिक को
छितकार को
सञ्चो महसुस मात्र हो।
परम आनन्द, परम सत्य , परम अस्तित्व
नदुबी ...
अन्तर यात्रा नगरी...
विचार अनि ध्यान एकाग्र नगरी...
कहाँ पाइन्छ र ।
हुनता जो जागरणमा छ
उसले त्यो रहस्य जान्दछ
जो, होसमा प्रति पल रहन्छ
उसले जीवनलाई गहिराई मा
बुझ्ने कला मान्दछ।
यहाँ सज्जन न' खोज्नु होला
सबै कुनै न कुनै रूपमा पागल छन्
कोही केही मिल्यो भनेर दगुर्छन्
कोही सर्वस्व ठानेर पाऊ झुक्छन्।
कसैलाई मिल्ना साथ काम बिग्रन थाल्छ
कुर्सी मिले जन्ता हाक्न तयार
पद मिले बढ्छ अहंकार
भवन बने भवनभेटी बन्छन्
मेरो सत्ता र मेरो पेटी भन्छन्।
न कसैले देखेको छ सत्य,
न कसैले जानेको
खोज्न त आफेलेनै हो
न केही गुमाउनु छ यहाँ न केही पाउनु छ।
सबैलेनै खोजिरा छन्
कोही यस्तो चिज,
औषधि या आनन्द या
सत्य या तथ्य
जुन पाउँदा मिल्छ सन्तोष,शान्त अनि अहोभाव ।
उसलाई के नाम दिने
उपलब्धि, औषधि,हरिनाम या
परम आनंद या एक अस्तित्व ।
तब तक तलास गरी रहन्छन् मान्छे
जब तक मिर्मिरे झलक देखा पर्दैन
जब तक भित्र सहनाई बज्दै न
यो दुनियामा यस्तो कुनै चिज छैन जो
कसैले चाहेर हासिल नभएको
सच्चा दिल र दृढ संकल्प को साथ
डुबुल्की लायौ भने
पूरा ब्रह्माण्डले उसलाई कामयाबी पुराहुन
अटुट सहयोग गर्नेछ।
अस्तु...