अझै नि मानवता ढल्या छैन है…

अनलाइनखबर

काठमाडौँ

विश्वास खड्काथोकी

एकातिर स्वास्थ्य सामग्रीमा अनियमितता र कालोबजारी भइरहेको छ । सेवामूलक भनिएका कतिपय अस्पतालको ढोकामा सर्वसाधारणका लागि काँडेतार लगाइएको छ । भोकले ब्याकुल मानिसहरुका लागि मूल्य बढाएर खाद्य सामग्री कालोबजारी गर्न उद्यत छन् कतिपय मानवताविहीन मानवहरु ।

अर्कातिर, भोकाएर पेट मिच्दै बरालिएकाहरुलाई खाना खुवाइरहेका छन् सहयोगी हातहरु । नाफा नोक्सानको क्रूर गोलचक्कर भन्दा बाहिर अझै पनि कतै मानवता बाँचिरहेको छ ।

लकडाउनसँगै ठेकदार गायव भएपछि मजदुर टेकबहादुर लामाले छाक ढुकेर बस्ने अवस्था आइपर्‍यो । एक महिना ईट्टा उचालेको पैसा नपाएपछि भक्तपुरमा रन्थनीएका ५४ वर्षीय टेकबहादुरको जीवनलाई मानव सेवा आश्रमले सहज बनाएको छ ।

हरेक बिहान-बेलुका गाडीमा खाना लिएर मानव सेवा आश्रमको भक्तपुर पुग्छ । अनि टेकबहादुरजस्ता मजदुर तथा बेवारिसे नागरिक प्लास्टिकको थाल थापेर लामवद्ध हुन्छन् ।

प्रकाशित मिति: : 2020-05-03 08:13:07

प्रतिकृया दिनुहोस्