स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका खेलाडीहरुको अनिर्वाय रुपमा कोरोना भाइरस परीक्षण हुने भएको छ।
प्रशिक्षण सुरु हुनु पूर्व सबै खेलाडीको परीक्षण हुने लागेको हो। बुधबार बार्सिलोनाको प्रशिक्षण मैदानमा कोभिड–१९ रहे–नरहेको भन्ने थाहा पाउन बुधबार परीक्षण गर्ने तयारीमा क्लब रहेको छ।
कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका खेलहरु ला लिगाका आयोजकले पुनः आउँदो जुनमा बाँकी खेलहरु सुरु गर्ने तयारी गरेका छन्। त्यसका लागि क्लबहरुले प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन्।
क्लबहरुलाई यो हप्ता प्रशिक्षणमा फर्किन अनुमति दिइएको छ। परीक्षणका लागि अनुमति दिएको बार्सिलोनाले जनाएको छ।
लिगमा २७ चरणको खेल सकिँदा साविक विजेता बार्सिलोना शीर्षस्थानमा छ। बार्सिलोनाको ५८ अंक छ।
दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५६ अंक छ। युरोपमा महामारीको रुप लिएको कोरोनाको बढी संक्रमण भएको देशमध्ये स्पेन इटालीपछि दोस्रो देश हो।