बुण्डेस लिगाका सबै खेलहरु दर्शकको उपस्थिति बिना हुने

एजेन्सी

काठमाडाै‌ं

जर्मन बुण्डेस लिगा फुटबलको यो सिजनका बाँकी खेलहरु पुनः सुरु हुने भएको छ। जर्मन चान्सलर आङ्गेला म्यार्केलले लिगका बाँकी खेल यहि महिना अर्थात मे भित्रै सुरु हुने बताइन्।

कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश खेलकुद गतिविधि रोकिएको छ। २५ औ चरणका खेल जारी रहेका बेला लिगाका खेलहरु कोरोनाको चपेटामा परेको थियो। पछिल्ला दिनहरुमा वार्यन म्युनिखले आन्तरिक प्रशिक्षण सुरु गरिसकेको छ।

बुण्डेस लिगा पुनः सुरु हुने युरोपको पहिलो प्रमुख लिग बन्दैछ। जर्मन फुटबल लिग (डिएफएल) ले लिग सुरु हुने मिती सम्बन्धी निर्णय बिहीबार गरेको छ।

सबै खेलहरु बन्द रंगशालमा अर्थात दर्शकको उपस्थिति बिना हुने छन्। लिगका ९ खेल बाँकी हुँदा वार्यन म्युनिख दोस्रो स्थानको बोरुसिया डर्टमुण्ड भन्दा चार अंकले अघि रहँदै शीर्ष स्थानमा छ। उनीहरुकाे क्रमश: ५५ र ५१ अंक छ।

प्रकाशित मिति: : 2020-05-07 06:10:14

प्रतिकृया दिनुहोस्