कति लाख नेपालीले गुमाउलान् रोजगारी ?

अनलाइनखबर

काठमाडौँ

 पूर्णचन्द्र भट्टराई, पूर्वसचिव

सामाजिक आर्थिक परिदृष्यको एक अति नै महत्वपूर्ण पाटोका रुपमा नेपालमा वैदेशिक रोजगारी रहेको छ। मुलुकभित्र रोजगारीको अवसरको अभावमा प्रतिवर्ष लाखौंको संख्यामा नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन्। ठूलो संख्यामा वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणले धेरै घर परिवारको चुलो बल्नुका साथै यसले गरिबी निवारणमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको छ।

विगत दश वर्षमा विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको औसत अनुपात २५ प्रतिशत रहेको छ।नेपाल जीवनस्तर सर्वेक्षण २०६७⁄६८ अनुसार ५६ प्रतिशत नेपाली घर परिवारले विप्रेषण प्राप्त गर्ने गरेका छन् । ( नेपालमा विप्रेषण आप्रवाहको स्थिति२०७६-नेपाल राष्ट्र वैङ्क)

प्रकाशित मिति: : 2020-05-09 18:47:48

प्रतिकृया दिनुहोस्