कर्णालीका कोरोना संक्रमित युवकको ‘ट्राभल हिस्ट्री’: भारतबाट महेन्द्रनगर हुँदै दैलेख

कर्णाली प्रदेशमा पहिलो कोरोना भाइरस (काेभिड–१९) संक्रमण पुष्टि भएका दैलेखको आठबीसकोट नगरपालिकाका युवासँगै भारतबाट महेन्द्रनगर हुँदै दैलेख पुगेको पाइएको छ। 

उनीसँगै अरु ३८ जना पनि आएको र महेन्द्रनगरको क्वारेन्टाइनमा १४ दिनसम्म बसेर आएको आठबीसकोट नगरपालिकाका उप–प्रमुख दीपा बोहोराले जानकारी दिएकी छन्। 

‘उनी दुई साता क्वारेन्टाइनमा बसेपछि जेठ १ गते कर्णाली आएका उनी सहित ३९ जना नगरमा भित्रिएका थिए’, उनले भनिन्, ‘उनीहरु गाउँ पुगेपछि यहाँको लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो।’

गत जेठ ३ गते कर्णाली प्रदेश अस्पतालबाट डाक्टरसहितको टोली गएर सबै जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो। तीमध्ये एक जनामा मात्रै कोरोना रिपोर्ट ‘पोजिटिभ’ देखिएको हो।

बोहोराका अनुसार ६० प्रतिशत नागरिक रोजगारीका लागि मजदुरी गर्न भारत जाने गरेका छन्। लकडाउन पछि भारतबाट कति गाउँ फर्के भन्ने एकीन तथ्यांक नगरपालिकासँग छैन। 

बाहिरबाट आएकाहरु लुकिछिपी गाउँ पस्ने गरेकाले तथ्यांक संकलनमा नै समस्या भएको उनले थपिन्।
 

प्रकाशित मिति: : 2020-05-18 23:22:59

प्रतिकृया दिनुहोस्