सोमबार नेपालमा एकै दिन ८० जनामा कोरोना संक्रमण

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा सोमबार एकै दिन ८० जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। सोमबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्यावधिक विवरण अनुसार १८ जना थपमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमित संख्या ३७५ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, विपी कोइराला  स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगन्ज र कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणबाट १८ जना नयाँ संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार धनुषामा २ पुरूषहरू, खोटाङ हलेसीका एक पुरूष, बाँके नरैनापुरका १२ जना पुरूष, दैलेख आठबिसकोट -१ निवासी एक पुरूष, सुनसरी र झापामा १-१  जना पुरूष फेला परेका हुन्।

यसघि आजै दिउँसोसम्म कोरोना भाइरसको संक्रमित संख्या ६२ जना थपिएर ३५७ पुगेको थियो।

आज फेला परेका संक्रमितमध्ये सबैभन्दा बढी बाँकेका छन्। बाँकेमा ५८ जना पुरूष र १ जना महिला गरी कुल ५९ जनामा संक्रमण भेटिएको छ।

सोमबार विभिन्न समयमा अद्यावधिक गरिएको तथ्याङ्कका अनुसार सङ्रक्रमित मध्ये ९ जना रौतहटका हुन्। ती मध्ये ८ जना पुरुष र एक जना महिला छन्।

धनुषामा तीन जना नयाँ संक्रमित फेला परेका छन्।

यसैगरी बारा, मोरङ, गुल्मी, धादिङ, दाङ, दैलेख, खोटाङ, सुनसरी र झापाका १-१ जनामा कोरोना संक्रमण थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । नेपालगञ्जको भेरी  अस्पतालमा गरेको परीक्षणमा दैलेखको आठविसकोट नगरपालिका–१ का १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

सुर्खेतको वीरेन्द्रनगरमा गरेको परीक्षणमा पोजेटिभ देखिएपछि उनको भेरी अस्पतालमा  पुन: परीक्षण गरिएको थियो ।

त्यस्तै खोटाङमा पनि पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । उनी हलेसी नगरपालिकाका निवासी पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैगरी सुनसरीमा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको हो।

संक्रमितमध्ये ३१६ पुरुष र ५९ जना महिला संक्रमित भएका छन्। यसअघि दुई जना संक्रमितको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरसका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने  ३६ जना निको भएका छन्।

नेपालमा ४०५ जना उच्च जोखिममा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका विभिन्न अस्पतालको आईसोलेसनमा कुल ४१२ जना रहेको जनाएको छ ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयले संभावित, शंस्कापद बिरामी र संक्रमितलाई आईसोलेसनमा राखिएको जनाएको छ ।

तिमध्ये काठमाडौंमा २६ जना र काठमाडौंबाहिर ३ सय ८६ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म ४०५ जना रेड जोनमा परेका छन् । यसको अर्थ संभावित संक्रमित हो । उनीहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । मन्त्रालयले मोबाईल एप्लिकेसन र वेवसाईटमा आफ्नो स्वमूल्याकंन फाराम भरेकाहरुमध्ये ४०५ जना रेड जोनमा परेका हुन् ।

कुन उमेरसमूहलाई बढी प्रभाव ?
यो संक्रमण नेपालमा २ महिने शिशुदेखी ८४ वर्षियासम्मलाई देखिएको छ । तर गत वर्ष माघ ९ गते पहिलो ‘केस’ देखिएदेखी हालसम्म को विवरण हेर्दा २० देखि ५० वर्ष उमेर समूहमा बढी संक्रमण देखिएको छ । आज थपिएकाहरु पनि १८ वर्षदेखी ४६ वर्ष उमेर समूहका छन् । कुल संक्रमितमध्ये २९८ पुरुष र ५९ जना महिला रहेका छन् ।

नेपालका ३४ जिल्लामा फैलियो कोरोना

नेपालका ३४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १ नयाँ जिल्ला गुल्मी, सुनसरी, दैलेख र खोटाङमा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालका ७७ मध्ये ३४ जिल्लामा कोरोना संक्रमण फैलिएको हो।  तराईका सबै जिल्लामा कोरोनाभाइरसका संक्रमण देखिएको छ। पहाडमा धनकुटा, भोजपुर, उदयपुर, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, बाग्लुङ, दैलेख र गुल्मीमा कोरोनाभाइरसका संक्रमित भेटिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरूको स्थायी ठेगाना र हालको ठेगाना अनुसारको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको छ।

कति भयो परीक्षण ? 

नेपालमा पिसीआर विधीबाट हालसम्म ३० हजार ७ सय २३ जनाको परीक्षण गरिएको छ । आरडीटि विधीबाट ६९ हजार ५ सय ६० वटा परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्रै पिसीआर विधीबाट २ हजार ५ सय ५८ जनामा कोरोना जाँच गरीएको छ ।

यस्तै गत २४ घण्टामा मात्रै आरडीटि विधीबाट टेष्ट गर्दा १ हजार ७ सय ९१ जनामा संक्रमण छ /छैन भनेर जाँच गरिएको छ ।

प्रदेश १ मा ९ हजार २ सय १७, प्रदेश २ मा ६ हजार २२, वाग्मती प्रदेशमा ११ हजार ९ सय २३ गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२ जना, प्रदेश ५ मा ९ हजार १ सय ३२ जना, कर्णाली प्रदेशमा ७ हजार ५ सय ८० जना र सुदुरपश्चिम प्रदेशमा १८ हजार ७ सय ५४ जनामा कोरोना जाँच गरिएको छ।

२० हजार ९० जना क्वारेन्टाईनमा

हाल २० हजार ९० जना क्वारेन्टाईनमा छन् । तिमध्ये प्रदेश १ मा १ हजार १ सय ८० जना, प्रदेश २ मा ३ हजार ८० जना, वाग्मती प्रदेशमा २ सय ८५ जना, गण्डकी प्रदेशमा ३९३ जना, प्रदेश ५ मा १२ हजार ८ सय १५ जना, कर्णाली प्रदेशमा १ हजार ६ सय ३० जना क्वारेन्टाईनमा बसेका छन् ।

कुन जिल्लामा कति संक्रमित

जिल्ला                   

संक्रमित  

मृत्यु

निको

उपचाररत

बाँके

९३

९२

पर्सा

९१

८८

कपिलवस्तु

४२

४२

उदयपुर

३३

 

१५

१८

रुपन्देही

२८

२७

रौतहट

२२

२१

काठमाडौं

धनुषा

बारा

कैलाली

दाङ

चितवन

महोत्तरी

सर्लाही

मोरङ

बागलुङ

बर्दिया

भक्तपुर

झापा

धादिङ

भोजपुर

धनकुटा

कञ्चनपुर

काभ्रेपलाञ्चोक

मकवानपुर

नवलपरासी पूर्व

नवलपरासी पश्चिम

सप्तरी

सिन्धुपाल्चोक

 

सिराहा

गुल्मी

0

0

सुनसरी

खोटाङ

दैलेख

जम्मा

३५७

३६

३२१

प्रकाशित मिति: : 2020-05-18 22:37:59

प्रतिकृया दिनुहोस्