महामारीको फोहोर र व्यवस्थापनका चुनौती

थाहा खबर

काठमाडौँ

फोहोर- के हो र के होइन यसको परिभाषा आफैँमा जटिल छ। अझ सबैभन्दा ठूलो चुनौती यो कोभिड १९ महामारीको बेला फोहोरको वर्गीकरणलाई पुनः परिभाषित गर्नुपर्ने हुन्छ। हामीकहाँ बिभिन्न खालको बस्तीहरु, उनीहरुको बसाईको तरिका, सुकुम्बासी तथा अनौपचारिक रुपमा रहेका बस्तीहरु पनि छन्।

फोहोर उत्पादन

घरमै क्वारेंटाईनमा बसेको, संक्रमणको लक्षण धेरै देखिएको, कम देखिएको, सम्पर्क पहिचान सम्पर्क पहिचान गरेको ठाउँ र क्वारेन्‍टाइनस्थलमा र त्यसको वरिपरिको बस्तीहरुको फोहोर फरकफरक हुन्छ। अस्पतालमा संक्रमण भएका बिरामी र अन्य बिरामी, स्वास्थ्यकर्मिहरुका माझबाट निस्कने फोहोर, ल्याब तथा सार्बजनिकस्थलहरुमा थुप्रेका फोहोरहरु र तिनीहरुको अवस्थालाई विशेष ध्यान दिएर हेर्नुपर्ने हुन्छ। फेरी यसरी  बर्गिकरण गर्दै गर्दा कुनै स्थानमा कोभिड १९ संक्रमण भएको थाहा हुनुपर्छ। यस्तो अवस्थामा पनि कसरी सुरक्षित तरिका अपनाएर काम गर्नुपर्ने जानकारी चाहिन्छ। अनि मात्र सफाईकर्मीलाई पनि सुरक्षित ढंगले काम गर्न सजिलो हुन्छ।
 

प्रकाशित मिति: : 2020-05-21 21:00:30

प्रतिकृया दिनुहोस्