नगर प्रमुखद्वारा मृतकका परिवारलाई सहयोग प्रदान

राजु लामिछाने

रुकुम पश्चिम

चौरजहारी नगरपालिका नगर प्रमुख विशाल शर्माले गत शनिबार रुकुम पश्चिमको सोति घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

शुक्रबार उक्त घटनामा मृत्यु भएका चौरजहारी नगरपालिका वडा नं १ का टिकाराम बिकको परिवारसँग भेट गर्दै शर्माले दोषी कुनै पनि हालतमा उम्कन नपाउने र पीडित परिवारकै साथमा आफू रहेको बताए।

घटनामा संलग्न भनिएका १८ जना पक्राउ परिसकेको बताउदै उनले अनुसन्धानको काम अगाडि बढेको उल्लेख गरे। शर्माले दोषि कानुनी कारबाहीमा आउने र पीडितले न्याय पाउने विश्वास दिलाए। नगरमा घटेको घटनाले आफुहरुलाई निकै दुखि तुल्याएको भन्दै शर्माले घटनाको सत्यतथ्य छानविनमा कुनै कशुर बाँकी नरहने समेत बताउए।

उनले मृतकका परिवारलाई नगरपालिकाको तर्फवाट किरिया खर्च स्वरुप रु ३० हजार सहित खाद्यान्न हस्तान्तरण गरेऽ नगर प्रमुख शर्माले मृतकको परिवारमा शुद्धी कार्य सकिएपछि छलफल गरि परिवारका माग पूरा गर्न पहल गर्ने समेत जनाए।

प्रकाशित मिति: : 2020-05-30 00:50:21

प्रतिकृया दिनुहोस्