हालसम्म पीसीआर विधिबाट ६६ हजार ७ सय २९ को नमुना परीक्षण  

आरडिटी विधिबाट १ लाख ७ हजार ५५ जनाको नमुना परीक्षण

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा शनिबारसम्म पीसीआर विधिबाट ६६ हजार ७ सय २९ जनाको नमुना परीक्षण गरिएको छ। 

यस्तै आरडिटी विधिबाट १ लाख ७ हजार ५५ जनाको नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीपीआर विधिबाट २ हजार ५ सय ७५ र आरडिटी विधिबाट १ हजार ५ सय ७७ जनाको नमुना परीक्षण भएको छ। 

प्रदेश नम्बर १ मा ११ हजार ७ सय ४७, प्रदेश नम्बर २ मा ६ हजार ८ सय १८, बागमती प्रदेशमा २५ हजार २ सय ३१ र गण्डकी प्रदेशमा ८ हजार ४ सय ५८ जनाको आरडिटी परीक्षण भएको छ।

यस्तै प्रदेश नम्बर ५ मा २० हजार १ सय ८५, कर्णाली प्रदेशमा १२ हजार ९ सय ९९ र सुदूरपश्चिम प्रदेशमा २१ हजार ६ सय १७ जनाको आरडिटी परीक्षण भएको छ। 

सरकारले परीक्षणको दायरा पनि बढाएको जनाएको छ। अहिले देशभरीका २० भन्दा बढी प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ।

 शनिबार मात्रै विभिन्न प्रदेशमा ७७ हजार ४ सय थान विभिन्न प्रदेशमा आरडिटी किट पठाइएको प्रवक्ता देवकोटाले बताए। यस्तै प्रदेशहरुमा ६ हजार थान भिटिएम पनि पठाइएको छ।

अहिले देशभरी १ लाख १० हजार बढी क्वारेन्टाइनमा रहेका छन्।

प्रकाशित मिति: : 2020-05-30 17:06:01

प्रतिकृया दिनुहोस्