पीसीआर परीक्षणमा वृद्धि गर्न संसदीय समितिले दियाे सरकारलाई निर्देशन

बिएल संवाददाता

काठमाडाै‌ं

संसदीय समितिले पीसीआर विधिबाट गरिने परीक्षणमा वृद्धि गर्न सरकारलाई निर्देशन दिएको छ। कोरोना भाइरसविरुद्ध आरडीटी परीक्षण प्रभावकारी नभएको भन्दै उक्त निर्देशन दिएको हो। 

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शनिबार बसेको बैठकको निर्देशनमा भनिएको छ, ‘कोभिड–१९ को परीक्षणका लागि आरडीटी विधि प्रभावकारी नदेखिएकाले गर्दा तत्काल सो विधिलाई न्यूनिकरण गर्दै पीसीआर विधिलाई व्यापक बनाउने।’

यसअघि स्वास्थ्य क्षेत्रका जानकारहरूले पनि आरडीटी विधिबाट हुने परीक्षणमा प्रश्न उठाउँदै आएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारनेपालमा शनिबारसम्म पीसीआर विधिबाट ६६ हजार ७ सय २९ जनाको नमुना परीक्षण गरिएको छ। 

यस्तै आरडिटी विधिबाट १ लाख ७ हजार ५५ जनाको नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीपीआर विधिबाट २ हजार ५ सय ७५ र आरडिटी विधिबाट १ हजार ५ सय ७७ जनाको नमुना परीक्षण भएको छ। 

प्रदेश नम्बर १ मा ११ हजार ७ सय ४७, प्रदेश नम्बर २ मा ६ हजार ८ सय १८, बागमती प्रदेशमा २५ हजार २ सय ३१ र गण्डकी प्रदेशमा ८ हजार ४ सय ५८ जनाको आरडिटी परीक्षण भएको छ।

यस्तै प्रदेश नम्बर ५ मा २० हजार १ सय ८५, कर्णाली प्रदेशमा १२ हजार ९ सय ९९ र सुदूरपश्चिम प्रदेशमा २१ हजार ६ सय १७ जनाको आरडिटी परीक्षण भएको छ। 

जसमा एक हजार ४ सय १ जनामा कोरोना संक्रमण भेटिएको छ।

प्रकाशित मिति: : 2020-05-30 19:50:22

प्रतिकृया दिनुहोस्