चितवन निकुञ्जमा १९ वर्षपछि अर्नाले फर्कायो खुसी

सुवास पण्डित

वि.सं. २०६० सालसम्म मानव वस्ती रहेको चितवनको पुरानो पदमपुर क्षेत्र अहिले पनि मनमोहक छ । पहिले यहाँका बासिन्दाले लगाएका आँपका रुखमा लटरम्म आँप फलेका छन् भने कागती, जिमिर, अमलाका रुखहरु पनि यथावत छन् । पानीका इनारसमेत यदाकदा भेटिन्छ । यही पुरानो पदमपुर क्षेत्रमा बनाइएको खुल्ला खोर (इन्क्लोजर)मा अहिले अर्को खुसी देख्न सकिन्छ, अर्ना ।

अहिले यहाँ १३ वटा अर्ना, एक गैंडा, एक बाह्रसिङे र करिब दुई सय मृगहरु देख्न सकिन्छ । दुई हजार मिटर जाली लगाएर खुल्ला खोर (इन्क्लोजर) ३० हेक्टर क्षेत्रफलमा तयार गरिएको छ । भुइँमा सोलिङ गरेर जालीलाई पीसीसीले च्यापेर ६ फिट अग्लो खोर बनाइएको छ । खोरमा वरिपरि सोलार फेन्सिङ गरिएकाले अन्य जनावर खोरभित्र पस्न सक्दैनन् । इन्क्लोजरभित्र ४ सय मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसे मैदान छ ।

प्रकाशित मिति: : 2020-06-02 11:47:12

प्रतिकृया दिनुहोस्