कोरोना संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ। 

पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोभिड–१९बाट मृत्यु भएको हो।

सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो।

उनको स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो। तर, उनको मंगलबार निधन भयो।

मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी (पीपीपी)को कराँची अध्यक्षसमेत थिए। उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए।

प्रकाशित मिति: : 2020-06-03 06:46:41

प्रतिकृया दिनुहोस्