४ महिने बालकसहित कर्णालीमा थप १५ जनामा काेराेना संक्रमण

कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमित फेला परेका छन्। सुर्खेतस्थित प्रादेशीक अस्पताल र  स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला,जुम्लामा गरिएको पीसीआर परिक्षणमा बुधबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित १५ मा छ जना दैलेखका, सात जना कालिकोट र २ जना सल्यानका रहेको प्रतिष्ठानका ल्याव प्रमुख विवेक पुन मगरले जानकारी दिए। 

दिउँसो १२ बजेसम्म जुम्लामा गरिएको परीक्षणमा ४ महिनाको बालकमा समेत कोरोना पोजेटिभ देखिएको छ। 

उनका अनुसार दैलेको नारायणा–२ का वर्ष २४,२५,२०,३०,२५ दुल्लु २ का वर्ष २७ का व्यक्तिमा कोरानो संक्रमण देखिएको छ। 

त्यस्तै कालिकोट जिल्लाका महावै २ का वर्ष २२ पुरुष, महावै ४ का वर्ष २८ र ४ महिनाका पुरुष, तिलागुफा २ का वर्ष २१ का पुरुष, पलाता ७ का वर्ष ४२ का पुरुष, सुभकालिका २ का वर्ष २१ क पुरुष सान्नीत्रिवेणी २ का वर्ष २० की महिलामा कोरोना संक्रमण देखिएको हो।

यता सल्यानको कुमाख गाउँपालिका ३ का १९ र २४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।  

उनीहरुमा संक्रमण भेटिएको सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको हो । 

स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार कर्णालीमा संक्रमितको संख्या २ सय ७८ पुगेको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै हालसम्म ४ हजार ९ सय ६४ वटा नमुनाको पीसीआर परीक्षण गरिएको छ। जसमध्ये हालसम्म एक सय ७ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-03 14:35:56

प्रतिकृया दिनुहोस्