क्वारेन्टिनमा आरडीटी टेष्टले कोरोना घरघरमा पुर्‍याउन सक्छ !

केन्द्रमा प्रोटोकल बन्दैछ, जिल्लाले घर पठाउन थालिसक्यो

अनलाइनखबर

काठमाडाै‌ं

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरुलाई र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) गरेर घर पठाउने तयारी गरेको छ । क्वारेन्टिन बस्नेहरुको संख्या डेढ लाख लागिसकेको छ ।

तर, पीसीआर विधिबाट दैनिक ४ हजार नमूना पनि परीक्षण हुन सकेको छैन । पछिल्लो २४ घण्टामा ३८ सय ६७ नमुना परीक्षण भएको मन्त्रालयको तथ्यांक छ । यो गतिले डेढ महिनामा पनि सबैको परीक्षण गर्न गाह्रो हुन्छ ।

त्यसैले आरडीटी टेष्ट गर्ने मन्त्रालयको तयारी छ । क्वारेन्टिनमा बस्नेहरुको संख्या अप्रत्यासित रुपमा बढेको भन्दै मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की भन्छन्, ‘सबैको पीसीआर टेष्ट गर्न नसकिने भएकाले यस्तो तयारी गरिएको हो ।’

यसका लागि मन्त्रालयले थप १ लाख ५० हजार थान आरडीटी किट किन्न निर्णय गरेको छ । र, त्यसअनुसार खरिद प्रक्रिया थाल्न स्वास्थ्य सेवा विभागलाई भनेको छ ।

 

प्रकाशित मिति: : 2020-06-05 08:20:08

प्रतिकृया दिनुहोस्