एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कारवाही गर्न माग

बिएल संवाददाता

काठमाडाै‌ं

अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाका विषयमा केन्द्रित रहेर चार जिल्ला फुटबल संघले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई शुक्रबार पत्र बुझाएका छन् ।

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा, भुक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाद्वारा हस्ताक्षरित ‘आवश्यक कारवाही गरी पाउँ भनि विनम्र अनुरोध छ’ भन्ने विषयको पत्र उपाध्यक्ष तिम्सिनालाई बुझाइएको हो । 

पत्र हस्तान्तरणका बेला भक्तपुरका अध्यक्ष सुजखु भने उपस्थित थिएनन् ।

त्रिपुरेश्वरको राखेपस्थित आफ्नै कार्यकक्षमा पत्र बुझ्दै उपाध्यक्ष तिम्सिनाले पत्रमा उल्लेख भएका विषयमा बुझ्ने बताउदै एकिकृत ढंगले एन्फा चलोस् भन्ने आफूले चाहेको धारणा व्यक्त गरे ।
 

प्रकाशित मिति: : 2020-06-05 19:03:50

प्रतिकृया दिनुहोस्