वार्यन लगातार आठौँ उपाधिका नजिक

बिएल संवाददाता

काठमाडाै‌ं

जर्मन बुण्डेस लिगामा वार्यन म्युनिख उपाधि नजिक पुगेको छ। 

लिग अन्तर्गत शनिबार राति भएको खेलमा लेभरकुजनलाई ४–२ ले पराजित गरेको वार्यन  उपाधि नजिक पुगेको हो। 

अवे मैदानमा भएको खेलमा सुरुवाति अग्रता भने  लेभरकुजले लिएकाे थियाे। उसका लागि नवौँ मिनेटमा एलारिओ  गाेल गरेका थिए। त्यसपछि खेलमा  पाहुना टाेली वार्यन हाबि भयाे। 

वार्यनका लागि मोम्यानले २७ औँ  मिनेटमा गाेल गर्दै खेल बराबरमा ल्याए। यस्तै गोरेट्ज्काले ४२ औँ र ग्नाब्रीले ४५ औँ मिनेटमा गाेल गर्दै वार्यनलाई पहिलाे हाफ ३–१ काे अग्रता दिलाए।

यता दाेस्राे हाफमा वार्यनले एक गाेल गर्‍याे भने एक गाेल फर्काएकाे थियाे। वार्यनलका लागि रोबर्ट लेवान्डोस्कीले ६६ औँ मिनेटमा गोल गर्दै आग्रता ३–१ मा पुर्‍याए। तर लेभरकुजन लागि ८९ औँ मिनेटमा विर्ट्जले गोल गर्दै नतिजा ४–२ मा पुर्‍याएपनि जितका लागि पर्याप्त बनेन। 

जितपछि शीर्ष स्थानको वार्यनको ३० खेलबाट ७० अंक भएको छ। अब वार्यनलाई जित्नका लागि अब मात्रै दुई खेलमा विजयको खाँचो रहेको छ।
बाँकी चार मध्ये दुई खेलमा मात्रै जित निकालेमा लगातार आठौँपटक उपाधि पक्का गर्ने भएको हो।

शनिबार राति नै भएको खेलमा हेर्था बर्लिनलार्य १–० ले पराजित गरेको बोरुसिया डर्टमुण्डको समान ३० खेलबाट ६३ अंक भएको छ।

प्रकाशित मिति: : 2020-06-07 06:33:06

प्रतिकृया दिनुहोस्