इंग्लिस प्रिमियर लिग फुटबल पुनः सुरु गर्ने तयारी स्वरुप लगातार खेलाडी तथा खेल पदाधिकारीको परीक्षण हुँदै आएको छ।
पछिल्लो चरणको परीक्षणमा कसैलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन। हप्ताको दुईपटक हुने परीक्षण अन्तर्गत छैटौँ चरणको परीक्षण बिहीबार र शुक्रबार भएको थियो।
११ सय ९५ खेलाडी तथा पदाधिकारीको परीक्षण भएकोमा कसैमा पनि संक्रमण नदेखिएको हो।
अहिलेसम्म ६२ सय ७४ वटा परीक्षण भएकोमा कुल १३ जनामा संक्रमण देखिएको छ। यसअघिको चरणमा एकजनामा संक्रमण देखिएको थियो।
कोरोना भाइरसको महामारीका कारण गएको मार्च १३ देखि रोकिएको प्रिमियर लिग अन्तर्गत यो सिजनका बाँकी खेलहरु बन्द रंगशालामा यहि जुन १७ देखि पुनः हुँदै छ।