आजदेखि सुरु हुँदै स्पेनिस ला लिगा फुटबल

स्पेनिस ला लिगा फुटबल बिहीबार रातिदेखि पुनः सुरु हुँदैछ।

गएको मार्चदेखि ककोरोना भाइरसको महामारीका कारण रोकिएको यो सिजनका खेलहरु बिहीबारदेखि पुनः सुरु हुने भएको हो। तर सबै खेलहरु बन्द रंगशालमा कडा सावधानीसहित हुनेछ। 

आज नेपाली समय अनुसार राति पौने दुई बजे सेभिल्ला र रियल बेटिसबिच खेल हुनेछ। यो खे कोरोना भाइरसको महामारीका कारण रोकिएको लिग पुनः सुरु हुने पहिलो खेल बन्ने छ। यसपश्चात क्रमश अन्य  बाँकी ११ चरणका खेलहरु हुनेछ। 

स्पेन सरकारले खेलकुद विभागले ला लिाग र स्पेनिस सकर फेडेरेशन (आरएफइएफ) सँग लिग पुनः सुरु गर्ने सम्बन्धी सहमति गरेपछि ला लिगाका बाँकी ११ चरणका खेलहरु हुन लागेको हो।

स्पेनमा फुटबल लिगहरु गएको मार्च १२ देखि रोकिएका थिए। आउँदो सिजन सेप्टेम्बर १२ देखि सुरु हुने गरी यो सिजन जुलाई १८–१९ को सप्तान्तमा टुंग्याउने तयारी आयोजकको छ। तर त्यसलाई कोरोना भाइरसको संक्रमणको अवस्थाले प्रभावित गर्न सक्ने छ।

२७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक रहेको छ।
 

प्रकाशित मिति: : 2020-06-11 06:32:49

प्रतिकृया दिनुहोस्