ला लिगा: घरेलु टाेली सेभिल्लाको महत्वपूर्ण जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गतका बिहीबार राति भएको खेलमा सेभिल्लाले रियल बेटिसलाई पराजित गरेको छ।

घरेलु रंगशालामा भएको खेलमा सेभिल्लाले बेटिसलाई २–० गोल अन्तरले पराजित गरेका हो। 

बन्द रंगशालामा भएको खेलमा पहिलो हाफमा गोल गर्न नसकेको सेभिल्लाले दुबै गोल दोस्रो हाफमा गरेका हो।

सेभिल्लाका लागि ५६ औँ मिनेटमा पाएको पेनाल्टीमा ओक्याम्पसले अग्रता दिलाएका थिए। त्यसपछि ६२ औँ मिनेटमा रिगसले गोल गर्दै जित सुनिश्चित गरे।

जितपछि सेभिल्लाको २८ खेलबाट ५० अंक भएको छ। रियल बेटिस ३३ अंकसहित १२ औँ स्थानमा छ।
 

प्रकाशित मिति: : 2020-06-12 05:19:37

प्रतिकृया दिनुहोस्