‘फेरि विदेश जानु परे आफ्नै भाग्यलाई दोष दिउँला’

उमेरले ५० कटेकी विष्णु विश्वकर्मा बिहीबार कुवेतबाट काठमाडौं आइपुगिन् । शुक्रबार बिहान उनी आफ्नो जन्मभूमि मोरङको पथरी पुग्नेछिन् । घर पुग्न आतुर छिन् उनी।

करिब डेढ महिना लामो क्याम्पको बसाइपछि कुवेत सरकारले विष्णुलाई विमानमा राखेर काठमाडौं ओरालिदिएको हो । उनीसँगै बिहीबार २९९ महिला काठमाडौं आउन पाएका छन् ।

भक्तपुर सल्लाघारीस्थित प्रदेश १ को होल्डिङ सेन्टरमा सुस्ताइरहँदा विष्णुलाई कुनै चिन्ता र पीर छैन । हसिँली विष्णुसँग कुवेत-नेपाल यात्राका तीतामीठा कहानी छन् ।

आठ वर्षअघिसम्म उनी पथरीमा दुुःखजिलो गरेर बसेकी थिइन् । उनले जिन्दगीमा कहिल्यै विदेश गएर काम गर्नुपर्ला भनेर सोचेकी थिइनन् ।

उनलाई जिन्दगीले कुबेततिर डोर्‍यायो ।

बालबच्च्चा नहुर्किँदै श्रीमानलाई दैवले चुँडेर लगे । चारजना छोराछोरीको लालन पालनका लागि उनले विदेशिनुको विकल्प देखिनन् ।

प्रकाशित मिति: : 2020-06-12 07:11:10

प्रतिकृया दिनुहोस्