राजा वीरेन्द्र र प्रधानमन्त्री रिजालको पालामा हट्यो नक्साबाट चुच्चो भाग !

अनलाइनखबर

काठमाडौं

 ‘धेरै पत्रकारले त्यस्तो ठाउँमा कसरी जनगणना गराउनु भयो ? डर लागेन, कत्रो हिम्मत् ? भनेर सोध्छन् ।

उनीहरूलाई भन्ने गरेको छु–निर्विवादित क्षेत्रमा निर्भीकताका साथ जगगणना गराएँ । त्यतिबेला लिम्पियाधुरासम्म नेपाल हो भन्नेमा कहिँकतै विवाद थिएन ।

भारतको धार्चुला, पिछुवागढतिर जनगणना गर्न गएको भए पो समस्या हुन्थ्यो त । मेरो मुलुकुभित्र जनगणनाका लागि जाँदा के को डर ? कसको डर ?’

योे भनाई हो, २०१८ सालमा डोटी, बैतडी र डडेलधुरामा जनगणना गराएका वरिष्ठ पत्रकार भैरव रिसालको । उनी २०१७ सालमा २६ महिना तथ्यांक विभागको ‘रिजनल अफिसर’ मा नियुक्त भएका बेला आफूले नाभी, कुटी, गुञ्जी लगायतका क्षेत्रमा जनगणना गराएको बताउँछन् ।

वरिष्ठ पत्रकार रिसालले जनगणना गराएको गुञ्जीका हरिसिंह बुढा, टिंकरका रतन बुढा, नाभीका हरिकृष्ण बुढा, गब्र्याङका मोहनसिंह बुढा लगायतले २०३५ सालमा पनि नेपाल सरकारलाई बाली (कर) बुझाउँदै आएको प्रमाण सुरक्षित रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

प्रकाशित मिति: : 2020-06-14 22:17:39

प्रतिकृया दिनुहोस्