स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ।
बिल्बाओको मैदानमा भएको खेलमा एट्लेटिको १-१ गोलको बराबरीमा रोकिएको हो।
एक गोलले पछि परेको स्थगित उल्टाएर एट्लेटिकोले बराबरी खेलेको हो।
खेलको ३७ औं मिनेटमा इकर मुनियनले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, खेलको ३९ औं मिनेटमा डिएगो कोस्टाले गोल गर्दै एट्लेटिकोलाई हारबाट जोगाए।
बिल्बाओसँगको बराबरीसँगै एट्लेटिकोले २८ खेलमा ४६ अंक जोडेको छ। एट्लेटिको लिगको छैटौं स्थानमा रहेको छ।
३८ अंक जोडेको बिल्बाओ लिगको दशौँ स्थानमा रहेको छ।