रियलकाे सहज जित, बार्सिलाेनासँगकाे अंक दूरी घट्याे

स्पेनिस ला लिगा फुटबलको उपाधि दाबेदार क्लब रियल मड्रिडले सहज जित निकालेको छ।

अल्फ्रेडो डी स्टेफानो मैदानमा आइतबार राति भएकाे खेलमा रियलले इबरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। 

रियललाई जित दिलाउन टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे।इबरका पेड्रो बिगासले एक गोल फर्काए।

खेलको चौंथो मिनेटमा क्रुसको गोलबाट रियलले अग्रता बनाएको थियो। ३० औं मिनेटमा रामोसले गोल गर्दै रियलको अग्रता दोब्बर बन्यो।

त्यसपछि खेलको ३७ औं मिनेटमा मार्सेलोले गोल गर्दा पहिलो हाफमा रियल ३–० ले अघि रह्यो।

दोस्रो हाफमा इबरले एक गोल फर्कायो। खेलको ६० औं मिनेटमा पेड्रोले सान्त्वना गोल फर्काएपनि टोलीको हार जोगाउन सकेनन्।

जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी समेत घटाएको छ। 

बार्सिलोना भन्दा २ अंकले पछि रहेको रियलले २८ खेलबाट ५९ अंक जोडेको छ। बार्सिलोनाको ६१ अंक रहेको छ।

पराजित इबर २७ अंक जोडेर लिगको १६ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-06-15 05:34:20

प्रतिकृया दिनुहोस्