विश्वकप छनोटका लागि जुलाईदेखि प्रशिक्षण गर्ने तयारी

नेपाली राष्ट्रिय फुटबल टिमको अभ्यास अर्को महिनादेखि हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को मंगलवार बसेको कार्यसमितिको आपतकालीन बैठकले विश्वकप छनोट अन्तर्गतका अस्ट्रेलिया, चाइनिज ताइपेइसँगको खेलका लागि जुलाई महिनाबाट अभ्यास शुरु गराउने निर्णय गरेको हो।

एन्पmाले आगामी अक्टोबरमा हुने विश्वकप छनोट खेलका लागि अर्को महिनाबाट प्रशिक्षण गर्ने गरी सम्बन्धित निकायबाट स्वीकृति लिने जनाएको छ।

यसका लागि एशियाली फुटबल महासंघको निर्देशन अनुरुप, राष्ट्रिय खेलकुद परिषद्, स्वास्थ्य मन्त्रालयलगायतका सबै सम्बन्धित क्षेत्रमा समन्वय गर्ने एन्फाले जनाएको छ।

विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण गत चैतदेखि राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भएको थियो। चैतमै विश्वकप छनोट हुने तय भएपनि कोरोनाकै कारण स्थगित भएको थियो।

एएफसीले सदस्य राष्ट्रहरुसँग छलफल गरेर अक्टोबर नोभेम्बरमा विश्वकप छनोटका बाँकी खेल गर्ने तयारी गरिरहेको छ।
 

प्रकाशित मिति: : 2020-06-17 06:35:46

प्रतिकृया दिनुहोस्