लिग च्याम्पियन युभेन्ट्सलाई पराजित गर्दै नेपोलीले काेप्पा इटालियाको उपाधि जितेको छ।
बुधबार भएको फाइनलमा नेपोलीले युभेन्ट्समाथि टाइब्रेकरमा ४-२ को जित दर्ता गरेको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट लिइएको थियो।
टाइब्रेकरमा युभेन्ट्सका लागि लिओनार्डो बोनुची र आरोन राम्सीले गोल गरेका थिए। तर यसअघि नेपोलीका गोलरक्षक एलेक्स मेरेटले पाउलो डिबाला र ड्यानीलोले गरेको प्रहार बचाएका थिए।
नेपोलीका लागि कप्तान लोरेन्जो इन्सिग्ने, म्याटियो पोलीटानो, म्याक्सीमोभिच र अर्कादिउस्ज मिलिकले गोल गरेका थिए।
युभेन्ट्सको १४ औं पटक काेप्पा इटालिया उपाधि जित्ने लक्ष्य सफल नहुँदा नेपोलीले भने ६ वर्षपछि उपाधि खडेरी तोड्न सफल रहयो।
बुफोनले खेल अवधिमा उत्कृष्ट प्रदर्शन गरेपनि युभेन्ट्स पराजित हुन पुग्यो।