पुलिसका अनन्तराजसहित ४ प्रशिक्षकले पाए एएफसीकाे ‘ए’ क्याटगोरी लाइसेन्स

विभागीय टोली नेपाल पुलिस क्लबमा प्रशिक्षक अनन्तराज थापासहित ४ प्रशिक्षकले ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गरेका छन्।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गर्नेमा अनन्तसँगै चेतन घिमिरे, सल्यान खड्गाी र युगल किशोर राई रहेका छन्। चेतन पुलिसमा आबद्ध छन् भने सल्यान ए डिभिजन क्लब संकटा र युगल किशोर बी डिभिजन क्लब बासबारीका प्रशिक्षक हुन्।

यस्तै चुनबहादुर थापा र बसन्त गौचन थकालीले एएफसी प्रो ‘ए’ लाइसेन्स प्राप्त गरेका छन्। 

चुनबहादुर त्रिभुवन आर्मीको प्रशिक्षक र व्यवास्थपक दुवै भूमिका निर्वाह गर्दै आएका छने भने एक दशक यता जापानमा रहँदै आएका बसन्त त्यहाँ एक फुटबल एकेडेमीका प्रशिक्षकका रुपमा कार्यरत छन्।

प्रकाशित मिति: : 2020-06-18 16:01:17

प्रतिकृया दिनुहोस्