युनाइटेडसँग टोट्नह्याम बराबरीमा रोकियाे

इंग्लिस प्रिमियर लिग फुटबलमा टोट्नह्याम र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ।

लिग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा सुरुवाति अग्रता लिए पनि टोट्नह्यामले जित निकाल्न सकेन।

२७ औँ मिनेटमा स्टीभन बर्गविजनले गोल गरेर टोटनह्यामलाई सुरुवाति अग्रता दिलाएका थिए। उनकै गाेलमार्फत् टाेट्नह्यामले पहिलाे हाफ अग्रता लिएकाे थियाे तर दाेस्राे हाफमा सम्हालिन नसक्दा ८१ औँ मिनेटमा गाेल खायाे। 

डिबक्स एरियामा युनाइटेडका खेलाडिलाई लडाएपछि पाएकाे पेनाल्टीमा ब्रुनो फर्नान्डेसले बराबरी गोल फर्काए।

बराबरीपछि पाँचौँ स्थानको युनाइटेडको ३० खेलबाट ४६ तथा आठौँ स्थानको टोट्नह्यामको ४२ अंक भएको छ।

प्रकाशित मिति: : 2020-06-20 06:16:12

प्रतिकृया दिनुहोस्