‘बुहारी’ले नेपालको पीआर पाउँछिन्, पासपोर्टका लागि दूताबास जानुपर्छ !

लालबाबु पण्डितले घुसाए पीआर खारेजीको प्रावधान

अनलाइनखबर

काठमाडौं

८ असार, काठमाडौं । प्रस्तावित नागरिकता विधेयकमाथि लामो माथापच्ची गरिरहेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गत मंगलबार विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता लिन सक्ने प्रावधान प्रस्ताव गर्‍यो ।

आइतबार यो प्रस्ताव समितिबाट पारित नै भइसकेको छ । सात वर्षसम्म वैवाहिक अंगीकृत नागरिकता नपाउने महिलाहरुलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने गरी स्थायी आवासीय -पीआर) परिचयपत्र दिने निर्णय समितिले गरेको छ ।

प्रकाशित मिति: : 2020-06-22 23:33:57

प्रतिकृया दिनुहोस्