कोरोना त ठीक भयो, छिमेकीको पो डर छ !

अनलाइनखबर

काठमाडौँ

अमृत सुवेदी

दुर्घटनामा परेर पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचाररत कुश्मा पर्वतका एक युवकमा कोरोना संक्रमण देखियो । कुनै पनि ट्राभल हिस्ट्री र संक्रमितको सम्पर्कमा नआएका ३५ वर्षीय ती युवकमा २२ जेठमा कोरोना देखिएपछि उनीमात्रै होइन, समाजमै सन्त्रास फैलियो ।

पर्वतबाट पोखरा आएको करिब एक हप्तापछि ती पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो । 

संक्रमणको माध्यम नै नखुलेका युवकमा कोरोना देखिएपछि सुरुमा उनी, परिवार, आफन्त पनि खुबै डराए । तर शुक्रबार कोरोनालाई जितेर फूल, अबिरसहित मुस्कुराउँदै उनी घर फर्केका छन् ।

घर फर्किँदै गर्दा उनले अरुलाई पनि सन्देश दिँदै भने, ‘कोरोनासँग डराउनु पर्दैन । आत्मबल बढाए यसले केही गर्न सक्दैन । सजिलै जितिँदो रहेछ । यो सामान्य भाइरस हो ।’

प्रकाशित मिति: : 2020-06-27 08:57:02

प्रतिकृया दिनुहोस्