जर्मन बुन्डेसलिगा च्याम्पियन वार्यन म्युनिखले फराकिलो जितसँगै सिजनको अन्त्य गरेको छ।
शनिबार घरेलु मैदानमा भएकाे सिजनको अन्तिम खेलमा वार्यनले १० खेलाडीमा सिमित वोल्फ्सबर्गलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
वार्यनलाई जित दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्टो लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे।
दुई खेल अगाबै च्याम्पियन बनिसकेको वार्यनले लगातार आठौं पटक उपाधि ट्रफी उचालेको छ।
उपाधि जित्ने क्रममा वार्यनले यस सिजन ३४ खेलबाट ८२ अंक जोड्यो।
वार्यन दोस्रो स्थानको बोरुसिया डर्टमण्ड भन्दा १३ अंकले अघि रह्यो।
वोल्फ्सबर्ग ४९ अंक जोडेर सातौं स्थानमा रह्यो।