आन्द्रेज कर्मारीचकाे ४ गाेलसँगै डर्टमण्डको फराकिलो हार

जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले फराकिलो हार व्यहोरेको छ।

शनिबार  घरेलु मैदानमा भएकाे यस सिजनको अन्तिम लिग खेलमा डर्टमण्ड होफेनहाइमसँग ४-० गोल अन्तरले पराजित भएको हो।

डर्टमण्डको मैदानमा होफेनहाइमलाई जित दिलाउन आन्द्रेज कर्मारीचले ह्याट्रिकसहित चार गोल गरे।

Image

उनले खेलकाे ८, ३०, ४८ र ५० ‌‌औँ मिनेटमा गाेल गरेका थिए। 

घरेलु मैदानमा फराकिलो हार व्यहोरेपनि डर्टमण्डले दोस्रो स्थानमा रहेर यस सिजनको अन्त्य गरेको छ।

डर्टमण्डले ३४ खेलमा ६९ अंक जोडेकाे छ। होफेनहाइम ५२ अंक जोडेर छैटौं स्थानमा रह्यो।

प्रकाशित मिति: : 2020-06-27 22:03:55

प्रतिकृया दिनुहोस्