सेल्टासँग बार्सिलाेनाकाे लज्जास्पद बराबरी

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले लज्जास्पद बराबरी गरेकाे छ। 

शनिबार भएको खेलमा बार्सिलोनाले १६ औँ स्थानमा रहेकाे सेल्टा भिगोसँग उसैकै घरेलु मैदानमा २-२ गोलको बराबरीमा राेकिएकाे हाे। 

बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे। सेल्टाका फेडोर स्मोलोभ र इयागो आसपसले एक/एक गरे।

खेलको २० औं मिनेटमा बार्सिलोनाले सुआरेजको गोलमा सुरुवाती अग्रता लिएको थियो। कप्तान लियोनल मेसीले प्रहार गरेको फ्रिकिकमा सुआरेजले हेडरमार्फत गोल गरेका थिए।

दोस्रो हाफको सुरुवाती समयमा नै घरेलु टोलीले स्कोर बराबर गोल गर्‍यो। ५० औं मिनेटमा स्मोलोभले गोल गर्दै सेल्टालाई खेलमा फर्काए। उनले ओके योकुस्लुले दिएको पासमा असहजै गोल गरे।

६७ औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए। मेसीले पेनाल्ट दिएको पासलाई सुआरेजले गोल गरेका थिए।

तर सो अग्रता लामो समय भने टिक्न सकेन। खेल सकिन तीन मिनेट बाँकी रहँदा सेल्टाले पुनः गोल गर्‍यो।

सेल्टाका कप्तान इयागोले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीमा सक्काए।  

बराबरीसँगै बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। बार्सिलोनाको ३२ खेलमा ६९ अंक रहेको छ। दोस्रो स्थानको रियल मड्रिडको ३१ खेलमा ६८ अंक छ।  मड्रिडले आइतबार हुने खेलमा एस्पान्योलको सामना गर्नेछ।

सेल्टा भने ३२ खेलमा ३४ अंक जोड्दै १६ औं स्थानमा यथावत छ।

प्रकाशित मिति: : 2020-06-27 22:47:01

प्रतिकृया दिनुहोस्