अफ्रिका कप अफ नेसन्स फुटबल एक वर्ष सर्‍याे

अफ्रिका कप अफ नेसन्स फुटबल एक वर्ष पछि सरेको छ।

कोरोना भाइरसको महामारीको कारण ३३ औं संस्करणको प्रतियोगिता सन् सन् २०२१ लागि सरेको हो।

अफ्रिकन फुटबल महासंघले मंगलबार प्रतियोगिता २०२२ को जनवरी सम्मको लागि स्थगित गरिएको जानकारी दिएकाे छ। 

यसअघि क्यामरुनमा तय भएको प्रतियोगिता आगामी जनवरी ९ देखि फेब्रुवरी ६ सम्म हुने तालिका रहेको थियो।

यसअघि सन् २०१९ मा भएको अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको थियो।

प्रकाशित मिति: : 2020-07-01 06:25:45

प्रतिकृया दिनुहोस्