रामबहादुर बम्जन प्रहरीबाट उम्किए, अदालतले के गर्ला ?

जंगलभित्र १५ रोपनी क्षेत्रफलमा फैलिएको जमिन । कम्पाउन्डमा सुरक्षा फौजकै शैलीमा सेन्ट्री तैनाथ छन् । मध्यभागमा आलिसान बङ्गला । जीम हलदेखि स्वीमिङ पुलसम्म छन् ।

घरभित्र हरेक सामग्री विदेशी छन् । भान्सा, बेडरुम र बाथरुम जताछिरे पनि तारे होटल झैं । कतै बल्ने ढुंगा सजाइएका छन्, कतै आकर्षक पेन्टिङ छन् । यही बस्छन्, नेपाल प्रहरीका ‘मोस्ट वान्टेड’ कथित लिटल बुद्ध भनिने रामबहादुर बम्जन । 

विशेष सूराकीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डे नेतृत्वको टोलीले ३ असारमा बम्जनको यही आश्रममा छापा हानेको थियो । अनुसन्धान अधिकृतहरुले प्राविधिक पक्षको विश्लेषणबाट बम्जन सिन्धुलीस्थित आश्रममा भएको आधार निकाल्दै बिहान ४ देखि २ बजेसम्म विशेष सर्च अपरेशन चलाए ।

तर कमलामाई नगरपालिका–९, पैरेको यो आश्रममा बम्जन भेटिएनन् र प्रहरीले रित्तो हात फर्किनु पर्‍यो ।

प्रकाशित मिति: : 2020-07-01 08:14:19

प्रतिकृया दिनुहोस्