ब्रेसियामाथि इन्टर मिलानको गोलकाे बर्षा

इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा इन्टर मिलानले शानदार जित दर्ता गरेको छ। 

घरेलु मैदानमा भएको खेलमा इन्टरले ब्रेसियालाई ६–० ले पराजित गरेको हो।

इन्टरको जितमा एस्ले योङ, एलेक्सिस साञ्चेज, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड्रेभाले एक/एक गोल गरेका थिए।

खेलकाे पाँचौँ मिनेटमा नै योङले गोल गर्दै इन्टरलाई सुरुवाति अग्रता दिलाए। २० औँ मिनेटमा पाएको पेनाल्टीमा सान्चेले गोल गरेर अग्रता दोब्बर पारे। 

इन्टरका लागि ४५ औँ मिनेटमा डानिलो डी एम्ब्रोसिओले गोल गरे। रोबेर्तो गाग्लियार्दिनीले ५२ औँ, एरिक्सनले ८३ औँ तथा एन्तोनिओ क्यानद्रेवाले ८८ औँ मिनेटमा गोल गरी टिमलाई ६–० ले जिताएका हुन्।

जितसँगै तेस्रो स्थानमा रहेकाे इन्टरकाे २९ खेलबाट ६४ अंक भएको छ।  इन्टर सिरि एको उपाधि होडमा यथावत छ। इन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ।

 पुछारको ब्रेसियाको २९ खेलबाट मात्रै १८ अंक भएको छ।
 

प्रकाशित मिति: : 2020-07-02 06:25:52

प्रतिकृया दिनुहोस्