लमजुङका १६ र पोखराका एकजनामा काेराेना संक्रमण

गण्डकी प्रदेशमा बिहीबार १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा भएको परीक्षणबाट १७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निदेशनालयले जानकारी दिएको छ।

निर्देशनालयका अनुसार संक्रमितमध्ये १६ जना लमजुङका हुन् भने एकजना कास्कीको पोखरा महानगरपालिकाका ३३ वर्षीय पुरुष हुन्।

लमजुङका मध्ये ४ जना मध्यनेपालका २६ ४१ २७ ५० वर्षीय पुरुष, सुन्दरबजारका ३६ ४८ र ६० वर्षीय पुरुष र ३५ वर्षीया महिला, बेशीसहरका २४ २७ र ३४ वर्षका पुरुष रहेका छन्।

यता दोर्दीका २४ र २६ वर्षका पुरुष, दूधपोखरीका ५० वर्षीय पुरुष, मर्स्याङ्दीका ३९ वर्षीय पुरुष र राइनासका ४५ वर्षीय पुरुषमा पनि काेराेनाकाे संक्रमण देखिएकाे छ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३१ पुगेको छ।

प्रकाशित मिति: : 2020-07-02 15:49:26

प्रतिकृया दिनुहोस्