वायर्न म्युनिखले २० औँ पटक जर्मन कप फुटबलको उपाधि जितेको छ।वायर्नले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो।
शनिबार राति भएको फाइनलमा बायार लेवरकुसनलाई ४–२ गोल अन्तरले पराजित गर्दै वायर्नले उपाधि जितेको हो।
लेवरकुसनको मैदानमा भएको खेलमा वायर्नका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। यस्तै डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक एक गोल गरे।
लेवरकुसनका काइ हाभर्ट्ज र सेभेन बेन्डेरले एक एक गोल फर्काए।
खेलको १६ औँ मिनेटमा अल्बाले गोल गर्दै वायर्नलाई अग्रता दिलाए। २४ औँ मिनेटमा सेर्गीले वायर्नको अग्रता दोब्बर बनाए।
५९ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दा वायर्नको अग्रता ३–० को बन्यो। तर ६३ औँ मिनेटमा बेन्डेरले गोल गर्दै खेल ३–१ मा ल्याए।
यता, ८९ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–१ को अग्रता दिलाए। यससँगै लेवान्डोस्कीले यो सिजनको ५१ औं गोल पुरा गरे।
स्मरण रहोस् वायर्नको यो सिजनको दोस्रो उपाधि समेत हो। वायर्नले यसअघि बुन्डेसलिगाको उपाधि जितिसकेको छ।