प्रिमियर लिग फुटबलमा अन्तर्गत शनिबार भएकाे खेलमा चेल्सीले वाटफोर्डविरुद्ध ३–० गाेल अन्तरकाे सहज जित निकालेको छ।
चेल्सीको जितमा ओलिभर जिराउड, विलियन र रोस बार्कलीले गोल गरे।
बार्कलीको पासमा जिराउडले २८ औँ मिनेटमा चेल्सीलाई सुरुवाती अग्रता दिलाए।
पहिलो हाफको अन्तिम समयमा क्रिस्टियन पुलिसिकलाई डिबक्स भित्र लडाएपछि लण्डन क्लबले पेनाल्टीको अवसर पायो। जसमा विलियनले सहजै गोल गरे।
दोस्रो हाफको ईन्जुरी समयमा डिबक्स भित्र प्राप्त बलमा बार्कलीले गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए।
जितसँगै चेल्सीले च्याम्पियन्स लिग छनोटको यात्रालाई सहज बनाएको छ। यद्धपी म्यान्चेष्टर युनाइटेडले शीर्ष चारको दौडमा चेल्सीमाथि दबाब कायम राखेको छ।
अबरुद्ध सिजन पुन सुरु भएपछि चेल्सीले चार मध्य तीन खेलमा जित निकालेको छ। चेल्सी ५७ अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ। उसले पाँचौ स्थानको युनाइटेडसँग दुई अंकको अग्रता लिएको छ।
यता पछिल्लो हारले वाटफोर्डमाथि रेलिगेशनको दबाब थपिएको छ। वाटफोर्ड २८ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ।