लिगकाे अन्तिम खेलमा बर्नलीसँग सेफिल्ड बराबरीमा राेकियाे

इंग्लिस प्रिमियर लिगको आइतबार बर्नली र सेफिल्ड युनाइटेडबीचको खेल १–१ को बराबरीमा टुंगेको छ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बर्नली बराबरीमा रोकिएको हो।

बर्नलीले आफ्नो घरेलु मैदानमा जेम्स टारकोवस्कीको गोलले ४३ औं मिनेटमा अग्रता लिएको थियो। तर सेफिल्डका तर्फबाट खेल सकिन केही मिनेट अगाडि जोन इगनले बराबरी गोल फर्काए।

उनले खेलको ९० औं मिनेटमा सेफिल्डलाई हारबाट जोगाए।

बराबरीसँगै आठौं स्थानको सेफिल्डले ४८ अंक जोडेको छ।

नवौं स्थानको बर्नलीको ४६ अंक रहेको छ।

प्रकाशित मिति: : 2020-07-05 19:45:09

प्रतिकृया दिनुहोस्