रामोसकाे गाेलमा मड्रिडकाे जित, बार्सिलोनासँगकाे अंकदूरी ७ पुग्याे

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार भएको खेलमा लिग लिडर रियल मड्रिडले साँघुरो जित निकालेको छ।

पाहुना टोली मड्रिडले एथ्लेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गरेको हो।

बिल्बाओको मैदानमा मड्रिडलाई जित दिलाउन कप्तान सर्जियो रामोसले निर्णायक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा रामोसले पेनाल्टीमा निर्णायक गोल गरे।

डानी गार्सियाले मार्सेलोलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रियलले पेनाल्टी पाएको थियो।

जितसँगै मड्रिडले उपाधि होड बलियो बनाएको छ। मड्रिडको ३४ खेलबाट ७७ अंक पुगेको छ। जुन दोस्रो स्थानको बार्सिलोनाको भन्दा ७ अंक बढी हो। यद्धपि बार्सिलोनाले एक खेल कम खेलेको छ। बार्सिलोनाले आज राति भिल्लारियलसँग प्रतिस्पर्धा गर्दैछ।

पराजित बिल्वाओ ४८ अंक जोडेर आठौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-07-05 20:45:20

प्रतिकृया दिनुहोस्