दक्षिण कोरियामा कोरोना संक्रमित बढ्न थाले

दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ। यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ। सोमबार मात्र कोरोनाका थप ४४ जना भेटिएका बताइएको छ। 

यहाँ सोमबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा संक्रमितहरु ४४ जना थपिएका बताइएको हो। योसँगै यहाँका संक्रमितहरुको संख्या १३ हजार १८१ जना पुगेको बताइएको छ। यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा पनि ५० जना संक्रमित थपिएका छन्। 

उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ। सोमबार एकजनाको यो संक्रमणबाट मृत्यु भएको छ। यो समेतगरी यहाँ यस संक्रमणबाट ज्यान जानेको संख्या २८५ जना पुगेको बताइएको छ। यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको छ। 

यहाँ निकै थोरै संख्यामा मात्र संक्रमितहरु थिए। दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो। 

तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ। दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण शुरु गरेको थियो। त्यस यता आजसम्ममा यहाँको सरकारले करिब १३ लाख ४० हजार जनाको परीक्षण गरेको जनाएको छ। 
 

प्रकाशित मिति: : 2020-07-07 17:38:10

प्रतिकृया दिनुहोस्