चीनले आउँदो पाँच वर्षमा ‘परमाणु रियाक्टर’ ८ प्रतिशतले बढाउने

चीनले आउँदो पाँच वर्षभित्र ६ देखि ८ गुणाले परमाणु रियाक्टरको निर्माण गर्ने भएको छ। चाइना डेलीले चीनको परमाणु संघलाई उधृ्रत गर्दै विहिबार यसको जानकारी दिएको छ। 

चाइना डेलीका अनुसार हाल भएको ४३ दशमलव ५ प्रतिशत क्षमतालाई बढाएर ७० गिगावाट पुर्‍याउने लक्ष्य सरकारले बनाएको छ। 

चीनको न्युक्लियर एनर्जी संघका अनुसार देशको कूल परमाणु क्षमता यो वर्षको अन्त्यसम्म ५२ गिगावाट पुग्ने सम्भावना रहेको छ। जुन उनीहरूले पहिले राखेको ५८ गिगावाटको लक्ष्यभन्दा केही कम हो। तर, यसलाई अर्को वर्ष नै पुरा गर्ने दिशामा अगाडि बढाइने बताइएको छ। चीनले सन् २०३५ सम्ममा लगभग २ सय गिगावाट सञ्चालनमा ल्याउने उद्देश्य बनाएको छ। 

सन् २०११ मा जापानको फुकुशिमामा आएको विपत्तिका कारण नयाँ परियोजना लागू हुन ४ वर्ष लागेको थियो। जापानको घटनाले चीनको परमाणु उर्जा महत्वकांक्षामा धक्का लागेको चाइना डेलीले बताएको छ। 

सरकारी अधिकारीका अनुसार यसै वर्ष अप्रिलमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभाव परमाणु उद्योगमा परेन। राष्ट्रिय उर्जा प्रशासनको तथ्यांक अनुसार २०१९ मा ६ नयाँ रियाक्टरलाई स्वीकृति प्रदान गरिएको छ।

चीनको परमाणु क्षमता मेको अन्त्यसम्म ४८ दशमलव ८ गिगावाट थियो भने यसको कूल उत्पादन क्षमता २ दशमलव ५ प्रतिशत पुगेको थियो।

प्रकाशित मिति: : 2020-07-09 18:18:50

प्रतिकृया दिनुहोस्