लकडाउनमा ललितकला : अनलाइन प्रदर्शनीदेखि भर्चुअल बहससम्म

अनलाइनखबर

काठमाडौँ

 निर्भीकजंग रायमाझी

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरी एक महिनाभन्दा लामो समय खाली भएको इतिहास थिएन । तर, गत चैतयता बन्दाबन्दीको कारण लगातार चार महिनादेखि कला प्रदर्शनी रोकिएको छ । अझै कति समय ग्यालरी सुनसान रहने हो, टुंगो छैन ।

अहिले सिद्धार्थ आर्ट ग्यालरी, तारागाउँ म्युजियम, पार्क आर्ट ग्यालरी, क्लासिक आर्ट, मिथिला येन आर्ट, एम क्युब लगायत सबै ग्यालरी सुनसान छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका निम्ति गरिएको बन्दाबन्दीले ललितकलालाई सीधा असर गरेको छ ।

कलाकारहरुको पूर्वनिर्धारित कार्यक्रम रद्द भएका छन् । चित्र, मूर्ति र इन्स्टलेसन आर्टको बिक्री–वितरणमा पूर्णबिराम लागेको छ । नियमित भइरहने कार्यशालाहरू अनिश्चित बन्न पुगेका छन् ।

तर, घरमै थुनिनुपर्ने यो अवस्थालाई कलाकारहरुले सिर्जनाका लागि विशेष माहोल बनाएका छन् । गतसाता अनलाइनखबरले सम्पर्क गरेका अधिकांश कलाकारले सामान्य बेलाभन्दा कोरोनाकालमा बढी चित्र बनाएको अनुभव सुनाए । जस्तो, एरिना ताम्राकार र आशा डंगोलले बन्दाबन्दी पछिको प्रत्येक दिन नयाँ चित्र बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरे । लगातार ८० दिन नयाँ चित्र बनाउँदा विशेष अनुभव मिलेको एरिना बताउँछिन् ।

प्रकाशित मिति: : 2020-07-11 09:36:21

प्रतिकृया दिनुहोस्