वाट्फोर्डसँग न्युकासल पराजित

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार बेलुका भएको खेलमा वाट्फोर्डले न्युकासल युनाइटेडलाई २-१ गोल अन्तरले हराएको छ।

अवे मैदानमा भएकाे खेलमा वाट्फोर्डलाई जित दिलाउन कप्तान ट्रोय डिनीले पेनाल्टीमा दुई गोल गरे। यता न्युकासलका ड्वाइट गेलले एक गोल फर्काए।

खेलकाे सुरुवाती अग्रता भने न्युकासलले लिएकाे थियाे। उसका लागि २३ औँ मिनेटमा गेलले गाेल गरेका थिए। तर याे अग्रता पहिलाे हाफसम्म मात्रै कायम रह्याे।

दाेस्राे हाफकाे ५२ र ८२ औँ मिनेटमा वाट्फोर्ड डिनीले पेनाल्टीमार्फत गाेल फर्काउँदै महत्वपूर्ण जित दिलाए।

जितसँगै ३४ अंक जोडेको वाट्फोर्ड १७ औं स्थानमा रहेको छ। न्युकासल ४३ अंक जोडेर १३ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-07-11 20:04:10

प्रतिकृया दिनुहोस्