च्याम्पियन लिभरपुल बर्नलीसँग बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग अन्तर्गत च्याम्पियन लिभरपुल शनिबार बेलुका भएको खेलमा बराबरीमा राेकिएकाे छ।

घरेलु मैदानमा भएकाे खेलमा लिभरपुल बर्नलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो। 

खेलको ३४ औं मिनेटमा एन्ड्रयु रोबर्टसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

तर, ६९ औं मिनेटमा इन्रिके रोड्रीग्वेजले गोल गर्दै बर्नलीलाई १-१ गोलको बराबरीमा फर्काए।

बराबरीसँगै लिभरपुलले ३५ खेलमा ९३ अंक जोडेको छ। बर्नली ५० अंक जोडेर नवौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-07-11 21:49:10

प्रतिकृया दिनुहोस्