सासुओलोसँग लाजियो पराजित

इटालियन सिरी ए अन्तर्गत शनिबारको खेलमा दोस्रो स्थानको लाजियो सासुओलोसँग २- १ ले पराजित भएको छ। 

घरेलु मैदानमा भएकाे खेलमा लाजियोले सुरुवाती अग्रता लिएपनि दोस्रो हाफमा दुई गोल खाएको थियो। 

३३ औं मिनेटमा लुइस अल्बर्टोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। 

५२ औं मिनेटमा जियाकोमो रास्पादोरीले गोल गर्दै खेल बराबरीमा ल्याए  । 

इन्ज्युरी समय नजिकिँदै गर्दा कापुटोले गोल गर्दै सासुओलोको जित पक्का गरे।  

लाजियोले पछिल्लो ६ खेलमा चौथो पटक हार बेहोर्दै लिगको उपाधि होडबाट लगभग बाहिरिएकाे छ। लाजियाे ३२ खेलमा ६८ अंक जोड्दै दोस्रो स्थानमा सिमित छ। 

यता सासुओलोको यो लगातार तेस्रो अवे जित हो। सासुओलो यस जितसँगै ३२ खेलमा ४६ अंक जोड्दै आठौं स्थानमा छ।
 

प्रकाशित मिति: : 2020-07-12 06:01:02

प्रतिकृया दिनुहोस्